newskoseli.Com

दसैंभरि प्रहरीको निःशुल्क बस सेवा

दसैंका बेला यात्रुहरूको सुविधालाई ध्यानमा राखी शनिबारदेखि दसैं अवधीभर बिहान १० देखि बेलुकी ७ बजेसम्मका लागि ३ रुटमा नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

दशैंका अवसरमा प्रहरीले प्रदान गरेको सुविधा सदुपयोग गर्न सर्वसाधारणमा नेपाल प्रहरीले अनुरोध गरेको छ । उक्त सेवाअन्तर्गत पहिलो रुटको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल आइपुग्ने छ ।

यसैगरी दोस्रो रुटको बस नक्सालबाट सुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, शहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्साल आइपुग्ने छ । यसैगरी तेस्रो रुटको बस नक्सालबाट सुरु भई जयनेपाल हल चोक, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातोपुल हुँदै पुनः नक्साल आइपुग्ने छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर