newskoseli.Com

अमेरिका हान्निए प्रहरी प्रमुखहरु

संयुक्त राज्य अमेरिकाको सानडियागो क्यालिफोर्नियामा सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३औं वार्षिक सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल तथा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । सम्मेलनमा विश्वभरिका प्रहरी संगठनका प्रमुखहरुको सहभागिता रहनेछ ।

सम्मेलनमा विश्वभरिका प्रहरी संगठनहरुले सामना गरिरहनु परेका समस्या तथा चुनौतीहरु एवं तिनलाई सामना गर्न अपनाउनुपर्ने रणनीतिलगायत प्रहरी र नागरिक समुदायबीचको सम्बन्ध, प्रविधिको प्रयोगसँगै देखिएका आपराधिक क्रियाकलाप, क्रिटिकल इन्सिडेन्ट म्यानेजमेन्ट, क्राइसिस इन्टर्भेन्सन, ल इन्फोर्समेन्ट टेक्नोलोजी, कम्ब्याटिङ भाइलेन्ट एक्स्टर्मिज्म÷टेरोरिज्म, अफिसर हेल्थ एन्ड वेलनेस, पुलिस रिक्रुटमेन्ट सम्बन्धमा सहभागी राष्ट्रहरुबीच छलफल तथा कार्यपत्रहरु प्रस्तुत हुने प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले न्युजकोसेलीलाई पठाएको समाचारमा उल्लेख छ ।

सम्मेलनमा सहभागी हुन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय सुरेन्द्रबहादुर शाह र केदारप्रकाश साउद समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरुले शुभकामनासहित हार्दिक बिदाई गरे । प्रहरी महानिरीक्षक अर्याल कात्तिक ५ मा फर्कने कार्यक्रम छ । उनको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले निमित्त प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर