newskoseli.Com

राष्ट्रपति भण्डारीद्वारा दिवंगत थाई नरेशप्रति श्रद्धाञ्जली र समवेदना

राष्ट्रपति विद्यादेवी भण्डारीले थाई नरेश भूमिबोल अदुल्यादेजको निधनप्रति स्तब्धता र दुःख प्रकट गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट दिवंगत नरेशप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त राजपरिवार र भावविह्वल थाई जनताप्रति समवेदना प्रकट गरेकी छन् ।

राष्ट्रपति कार्यालयबाट निमित्त सचिव हरिप्रसाद दवाडीद्वारा शुक्रबार साँझ न्युजकोसेलीलाई सम्प्रेषित शोक विज्ञप्तिमा भनिएको छ– ‘मित्रराष्ट्र थाइल्याण्डका नरेश Bhumibol Adulyadej को निधनको समाचारले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई स्तब्ध र दुःखी तुल्याएको छ । यस दुःखद् घडीमा नेपाल सरकार तथा नेपाली जनता तर्फबाट दिवंगत नरेशप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त राजपरिवार र भावविह्वल थाई जनताप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।’

statement_pr_o

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर