प्रधानमन्त्री पुष्पकमल दाहालले अब छिट्टै संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गरिने बताएका छन् ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री कार्यालयमा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयन एवम् संशोधन अपरिहार्य भएको बताए ।
उनले भने– “त्यस निम्ति राष्ट्रिय सहमति अपरिहार्य छ । सबै राजनीतिक दल एकताबद्ध हुनैपर्छ ।”