newskoseli.Com

अहिलेको आवश्यकता आर्थिक समृद्धि : अर्थमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिबाट जनतामा निराशा बढ्दै गइरहेको भन्दै विकास निर्माण र आर्थिक समृद्धि अहिलेको आवश्यकता रहेकोमा जाेड दिएका छन्  । उनले तत्काल स्थानीय निकायको निर्वाचन हुनुपर्ने समेत बताए ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले शनिबार साँझ तुलसीपुरमा आयोजना गरेको दाङको समग्र विकासका लागि अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री महराले मुलुकमा लगानीको वातावरण सिर्जना गरेर अगाडि बढ्नुपर्ने बेला आएको बताए ।

अर्थमन्त्री महराले दाङको एकीकृत विकास निर्माण योजनामा आफू लागिपरेको बताए । दाङको एक मात्र टरिगाउँ विमानस्थल सञ्चालन, इन्धन डिपो स्थापनाका साथै शिक्षा, स्वास्थ्य, बाटो तथा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाका बारेमा आफूले अध्ययन गर्ने अवसर पाएको भन्दै सबै विकास निर्माणका काममा एक भएर लाग्ने उनले बताए ।

उनले दाङमा प्रादेशिक राजधानीका लागि बलियो आधार भएको भन्दै यसमा सबै पार्टीले सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रम सङ्घका अध्यक्ष विमल रिजालको अध्यक्षतामा भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर