newskoseli.Com

वरिष्ठता मिचेर डिन नियुक्त गरेको भन्दै डा. केसी आन्दोलनमा

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले आइतबार डा. केपी सिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन नियुक्त गरेको छ । ९ महिनादेखि रिक्त सो पदमा त्रिविले वरिष्ठताको आधार लत्याउँदै सिंहलाई नियुक्ति गरेको भन्दै डा. गोविन्द केसी आक्रोशित भएका छन् ।

डिन सर्च कमिटीले अग्रवालसँगै केशवप्रसाद सिंह र डा. ज्योति शर्माको नाम सिफारिस गरेको थियो । प्राध्यापकहरुको वरिष्ठतालाई आधार मान्दा डा. जगदीश अग्रवाल डिन हुने लाइनमा भएको बताइन्छ ।

कांग्रेस निकट चिकित्सकहरुले वरिष्ठलाई नियुक्त गर्नु हुँदैन भन्दै आइओएममा तालाबन्दी गरिरहेका छन् । उनीहरुले सुशील कोइरालाका निजी फिजिसियन डा. करवीरनाथ योगीलाई डिन बनाउन माग गर्दै तालाबन्दी गरेका हुन् । नवनियुक्त डिन सिंहले चार महिनापछि नै अवकास पाउँदैछन् ।

मेडिकल कलेज सञ्चालकले डिन नियुक्तिमा चलखेल गर्न थालेपछि डा. गोविन्द केसीले बरिष्ठताको आधारमा नियुक्ति हुनुपर्ने माग गर्दै आएका छन् । डा. केसीले वरिष्ठताका आधारमा डिन नियुक्त नगरे २४ घन्टाभित्र अनसन सुरु गर्ने चेतावनी शनिबारै दिएका थिए । सोही उद्घोषअनुसार डा।केसीले आइतबार ४ बजेदेखि अनसन थालेका छन् ।

डा. गोविन्द केसीले वरिष्ठताका आधारमा डिन नियुक्ति नगर्ने चलखेलमा संलग्न भएको भन्दै त्रिवि उपकुलपति डा. तीर्थ खनियाँलाई ‘शैक्षिक अपराध’ को आरोपमा पदबाट बर्खास्त गर्न माग गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर