newskoseli.Com

राष्ट्रपतिद्वारा रामदेवको आयुर्वेद उद्योग उद्घाटन

jL/uGhsf] cfbz{gu/ /ªuzfnfdf ljlxaf/ cfof]lht of]u lj1fg lzlj/ @)?; ÷k;f{

राष्ट्रपति विद्यादेवी भण्डारीले जैविक विविधतायुक्त मुलुक नेपालमा रहेका महत्वपूर्ण जडीबुटीको संरक्षण गर्नु आजको आवश्यकता भएको बताएकी छन् । बारा जिल्लाको प्रसौनी– ९ स्थित पतञ्जली आयुर्वेद प्रालिको बिहीबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद उद्योग स्थापनाका कारण नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्ध अझ प्रगाढ भएको बताइन् ।

उद्योगले नेपालमा गरेको लगानी द्विपक्षीय साझेदारीको नमूना बन्न सक्ने उनको भनाइ छ । उद्योगको स्थापनाले रोजगारीको अवसर सिर्जना भई राष्ट्रलाई आन्तरिक रुपमा सक्षम बनाउन मद्दत पुगेको बताउँदै उनले यस कार्यका लागि योगगुरु बाबा रामदेव र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णलाई धन्यवाद दिइन् ।

सो अवसरमा कृषिमन्त्री गौरीशङ्कर चौधरीले उच्च पहाडी क्षेत्र जडीबुटीको खानी भएकाले यसलाई उद्योगका रुपमा सदुपयोग गर्न सक्नुपर्ने धारणा व्यक्त गरे । योगगुरु रामदेवले अखण्ड नेपालको आर्थिक विकासमा पतञ्जलीले अग्रसरता देखाएको बताए । १ वर्षभित्रै पतञ्जली उद्योगमा २ हजार मानिसले रोजगारी पाउने र ५–७ वर्षभित्रै पतञ्जलीको माध्यमबाट थप १० हजार नेपालीले रोजगारी पाउने विश्वास उनले व्यक्त गरे ।

आयुर्वेद शिरोमणि बालकृष्णले जडीबुटीमा धनी देश नेपालमा एक ‘रिचर्स सेन्टर’ खोल्ने आफ्नो चाहना रहेको बताए । सो अवसरमा नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपाल–भारतको सम्बन्ध सरकार र व्यापारीबीच मात्र नभएर दुवै देशबीच सांस्कृतिक र वैवाहिक सम्बन्धमा समेत रहेको र यो सम्बन्धलाई पतञ्जलीले प्रगाढ बनाएको बताए ।

सो अवसरमा याेगी रामदेवले राष्ट्रपति भण्डारीलाई दोसल्ला ओढाई सम्मान गरे भने राष्ट्रपति भण्डारीले पनि योगगुरु रामदेव र आचार्य बालकृष्णलाई सम्मान गरिन् ।

पतञ्जलीका उपभोग्य ५५ उत्पादन

पतञ्जली आयुर्वेद उद्योगले ५५ किसिमका उपभोग्य सामान उत्पादन गर्दै आएको छ । उक्त उद्योग योगी रामदेवको पतञ्जली योगपीठ र गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोको संयुक्त लगानीमा सञ्चालित छ । उद्योगले जडीबुटी प्रशोधन गरेर विभिन्न प्रकारका खाद्यवस्तुका साथै शृङ्गारका सामग्री उत्पादन गर्दै आएको छ ।

उद्योगलाई चाहिने कच्चा पदार्थमध्ये १० प्रतिशत नेपालमै उपलब्ध हुन्छन् भने ९० प्रतिशत कच्चा पदार्थ र रसायन भारतबाट आयात हुने गर्छ । वि.सं. २०७२ वैशाख पहिलो सातादेखि उत्पादन थालेको यस उद्योगमा अहिलेसम्म १ अर्ब ६० करोड रूपैयाँ लगानी भइसकेको छ ।

उद्योगले वार्षिक करिब १ अर्ब रूपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ । एक वर्षपछि वार्षिक ४ देखि ५ अर्ब रूपैयाँसम्मको कारोबार गर्ने लक्ष्य उद्योगले लिएको छ । उद्योग करिब ९ बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर