newskoseli.Com

पत्रकारिता सिकाउन गाउँले धादिङमा

धादिङ र मकवानपुरका ३५ पत्रकारको सहभागिता रहेको दुई दिने पत्रकारिता प्रशिक्षणको प्रमुख प्रशिक्षकका रूपमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले धादिङ पुगेका छन् ।

फियान नेपालको सहयोगमा खाद्य अधिकार जिल्ला सञ्जालद्वारा धादिङबेंसीमा अधिकारमुखी खोजमूलक समाचार लेखन सिप अभिवृद्धि कार्यशाला पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ । कार्यशालाको निमित्त प्रजिअ लीलाधर अधिकारीले शनिबार उद्घाटन गरे ।

सो अवसरमा निमित्त प्रजिअ अधिकारीले आवाजविहीनको प्रतिनिधित्व गर्ने पत्रकारलाई दिइने यस किसिमको प्रशिक्षणले खाद्य अधिकारबाट वञ्चित व्यक्ति तथा परिवारको समस्यालाई उजागार गर्ने विचार व्यक्त गरे ।

प्रशिक्षक गाउँलेले औपचारिकतामा आधारित समाचारभन्दा खोजमूलक समाचारको बढी महत्व रहेको र त्यस्ता समाचार लेखनका लागि यस्ता प्रशिक्षणले पत्रकारको क्षमता विकास गर्न सहयोग पुर्याउने भएकाले प्रशिक्षणको सदुपयोग गर्न आग्रह गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर