newskoseli.Com

डा. गोविन्द केसीसँग वार्ता गर्ने जिम्मा सचिवद्वयलाई

अनशनरत चिकित्सक डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारले शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै झन्डै दुई सातादेखि आमरण अनशन रहेका डा. केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेती रहेको वार्ता टोली गठन गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा टोली गठन भएको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए । सरकारले डा. केसीका पूरा हुन सक्ने माग सम्बोधन गर्न तथा उनको जीवनरक्षाका लागि टोलीका तर्फबाट सक्दो प्रयास गर्ने स्वास्थ्य सचिव डा. उप्रेतीले बताए ।

केही दिनअघि स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा. केसीलाई भेटी समस्या समाधनका लागि वार्ता टोली बनाउने वचन दिएका थिए । डा. केसीको यो दसौं अनशन शृङ्खला हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर