newskoseli.Com

जनसांस्कृतिक महासङ्घको गण्डक ब्युरो गठन

नेत्र चन्द नेतृत्वको नेकपा (माओवादी) सम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, गण्डक ब्युरो गठन भएको छ । ब्युरोस्तरीय ७ सदस्यीय समितिमा संयोजक महासङ्घका केन्द्रीय सदस्य करुणा गाहा मगर छन् भने सदस्यहरूमा फणिन्द्र अकिञ्चन, राम आले, दीपक, चीनकाजी रसाइली र काजी गुरुङ रहेका छन् ।

ब्युरो घोषणाका अवसरमा जनसांस्कृतिक महासङ्घअन्तर्गत ११ सदस्यीय चुनु–शिल्पा सांस्कृतिक परिवारको पनि घोषणा गरिएको छ । करुणा मगरको संयोजकत्वमा दीपक, बादल, अस्मिता नेपाली, कुसुम थापा, मेनुका, जीवन विक, दुर्गा विक, इनिता राई, रुपा आले, खुश्बु आदि रहेका छन् ।

नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज आस्थाको विशेष आथित्यता तथा प्रमुख अतिथि एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै विशेष अतिथि आस्थाले संस्कृति पनि वर्गीय हुने भएकाले मार्क्सवादी लेखक तथा कलाकारहरूले जनताका पक्षमा आफूलाई क्रियाशील बनाउनुपर्ने कुरामा जोड दिइन् ।

भेलालाई शुभकामना दिँदै नेकपा (माआवादी) रुकुम जिल्ला सङ्गठन समितिका सचिव मनकामनाले सांस्कृतिक क्षेत्रका महत्वमाथि प्रकाश पारिन् भने नेकपा (माआवादी) कास्की जिल्ला सङ्गठन समितिका सचिव उभारले शुभकामना मन्तव्यका साथ गण्डक ब्युरो समिति र ब्युरोस्तरीय चुनु–शिल्पा सांस्कृतिक परिवारको घोषणा गरे ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य करुणाको अध्यक्षता, काजी गुरुङको सञ्चालनमा सम्पन्न सो भेलामा बादल घर्तीले स्वागत मन्तव्य राखे । गण्डक ब्युरो सदस्य भीम चापागाईंले भेला सफलताको शुभकामना दिए ।

कास्कीको वेगनास तालनजिकै आयोजना गरिएको भेलामा क्रान्तिकारी गीत–नृत्य प्रस्तुत गरिए । सो भेलामा गण्डक ब्युरोअन्तर्गत रहेका कास्की, तनहुँ, स्याङ्जा, गोर्खालगायतका जिल्लाबाट प्रतिनिधित्व थियो ।

जनयुद्धकालमा गण्डक क्षेत्रमा सांस्कृतिक मोर्चाले पुर्याएको योगदान विशिष्ट र ऐतिहासिक भएको चन्द माओवादीको दावी छ । सांस्कृतिक सहिद चुनु गुरुङ र शिल्पा गुरुङको बलिदानलाई जीवन्त राख्ने उद्देश्यबाट चुनु–शिल्पा सांस्कृतिक परिवार बनाइएको माओवादी भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर