newskoseli.Com

नयाँ शक्ति पसे ‘रुपान्तरण अभियान’ का युवा

प्रगतिशील रुपान्तरण अभियानअन्तर्गत युवाहरुको एउटा समूह नयाँ शक्तिमा प्रवेश गरेको छ । अभियानको प्रकाशन ‘आजको मूल्यांकन’ मासिकमा क्रियाशील युवाहरुसहित ६४ जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।

नयाँ शक्तिको केन्द्रीय कार्यालय काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा पार्टी संयोजक डा. बाबुराम भट्टराईले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

आजको समाजवादको स्वरुप र प्रयोगको विषयमा बहस गर्दै आइरहेको रुपान्तरण अभियानका अभियन्ता दिपक खड्काको नेतृत्वमा युवाहरु नयाँ शक्तिमा प्रवेश गरेका हुन् । प्रवेश हुनेहरुमा रविन्द्रकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, विकास श्रेष्ठ, राजकुमार बराल, रुपक खड्का, राजेन्द्र सापकोटा, विजय मुडभरी, सुवास नगरकोटी, निराजन रायमाझी, संजयविक्रम शाह, जमुना चौधरी, रमेश रायमाझी लगायत छन् ।

पार्टी प्रवेश गर्ने युवाहरुलाई स्वागत गर्दै संयोजक भट्टराईले युगले नै एउटा नयाँ विकल्प खोजिरहकाले त्यो विकल्प निर्माण गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको  भन्दै अबको राजनीतिमा युवासक्रियता बढ्नुपर्ने आवश्यकता औंल्याए । ‘हामी वैकल्पिक पार्टी मात्र होइन, वैकल्पिक राजनीतिक धारलाई नै अघि बढाउने पार्टी हौं’ उनले भने– ‘हामी केवल थप एउटा पार्टी होइनौं, वैकल्पिक सोच, संस्कार र संस्कृति निर्माण गर्ने पार्टी हौं ।’

party-prabesh-%e0%a4%98

उनले नयाँ शक्ति पार्टी निर्माणकै क्रममा रहेकाले यस्तै धु्रवीकरणकै पक्षलाई तिव्रता दिएर वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा रहेको बताउँदै भने– ‘विभिन्न पक्षहरुसँग कुराकानी गरेर ध्रुवीकरणलाई तीव्रता दिने हाम्रो योजना हो । यो कुनै बनिबनाउ पार्टी होइन ।’

संयोजक भट्टराईले कुनै पनि समाजको विकासमा तत्कालीन राजनीतिक उपरिसंरचना र आर्थिक आधारबीच निरन्तर जारी रहने संघर्षले गति पैदा गर्ने उल्लेख गर्दै नेपालमा पछिल्लो राजनीतिक परिवर्तनसँगै राजनीतिक उपरिसंरचनाको पाटो पूरा भइसकेकाले अब आर्थिक आधारको विकास गर्नुपर्नेमा जोड दिए । त्यसरी निर्माण हुने आर्थिक आधारले नै समुन्नत समाजवादको आधार तयार गर्ने भन्दै उनले भने– ‘अहिलेको आवश्यकता त्यही आर्थिक आधार परिवर्तन र उत्पादक शक्तिको विकास भएकाले त्यसैमा जोड दिनुपर्छ । यसैबाट समुन्नत प्रकारको समाजवादको आधार तयार हुनेछ ।’

समुन्नत समाजवादको गन्तव्यमा पुग्नका लागि आर्थिक विकास र समृद्धिको चरणबाट पार हुनुपर्ने भएकाले त्यसका लागि युवाशक्तिको आवश्यकता अपरिहार्य रहेको उनले बताए । नयाँ शक्तिमा प्रवेश गरेका युवाहरुले नयाँ शक्ति पार्टीले लिएको युवाकेन्द्रित नीति तथा देशको विकास र समृद्धिको एजेन्डाप्रति आकर्षित भएर आफूहरु प्रवेश गरेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर