newskoseli.Com

संसदको गतिरोध हटाउने पहलमा सभामुखले बोलाइन् शीर्ष बैठक

लामो सयमदेखि भइरहेको संसदको गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्ती लागिपरेकी छन् । गतिरोध अन्त्यका लागि सभामुख घर्तीले प्रमुख तीन दलको बैठक आह्वान गरेकी हुन् ।

सोमबार बिहान एघार बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरिएको हो ।

सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण संशोधन प्रस्ताव संसदको कार्यसूचीमा पर्न सकेको छैन ।

‘संसदलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नहुने भन्दै सभामुखले भोलि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिएका छन् ।संसदको गतिरोध अन्त्यको प्रयासमा सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक आह्वान गरेकी छन् । सोमबार बिहान एघार बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरिएको हो ।

सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण संशोधन प्रस्ताव संसदको कार्यसूचीमा पर्न सकेको छैन ।

‘संसदलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन हुँदैन भनेर भोलि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाइएको हो, सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले न्युजकोसेलीसँग भने, ‘बैठकमा संसदको गतिरोध अन्त्यको पहल हुन्छ ।’

सोमबारको संसद बैठकमा संशोधन प्रस्तावलाई कार्यसूचीमा राख्ने सरकारको तयारी छ । यसअघि मंसिर ३० गतेको बैठकमै संशोधन प्रस्ताव कार्यसूचीमा राख्ने तयारी थियो । तर सहमतिको प्रयास गर्न भन्दै पाँच दिनसम्म बैठक स्थगित गरियो । यद्यपी यसबीचमा दलहरुबीच छलफल भने हुन सकेन ।

सभामुख घर्तीले यसअघि पनि सहमतिको पहल गर्दै आएकी थिइन् तर दलहरुको आ-आफ्नै अडानका कारण उनको प्रयास सफल हुन सकेको छैन ।

यस्तो अवस्थामा सभामुखले आह्वान गरेको शीर्ष बैठकबाट गतिरोध अन्त्य कसरी हुन्छ भन्नेमा भोलिको बैठक महत्वपूर्ण हुनेछ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर