newskoseli.Com

कोसेलीकर्मी मैनाली पुरस्कृत

भूकम्पले क्षतिग्रस्त नेपालका विभिन्न पर्यटकीय भूभाग पर्यटनका निम्ति सुरक्षित छन् भन्ने सन्देश प्रवाहित गर्दै पत्रकारिताकर्म गरेका ३ सञ्चारकर्मी पुरस्कृत भएका छन् ।

ट्रेकिङ एजेन्सीज एशोसियसन नेपाल (टान) को ३८औं वार्षिक साधारणसभाको उद्घाटन एवम् समापन शत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेका हुन् ।

पुरस्कृत हुने सञ्चारकर्मीमध्ये मोहनप्रसाद मैनाली न्युजकोसेली डटकमका सहसम्पादक हुन् । सञ्चारकर्मी मैनालीले नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरेका छन् ।

२५ जेठ, २०७३ मा न्युजकोसेली डटकममा प्रकाशित ‘स्वर्ग’ को अनुभूति दिलाउने गोसाइँकुण्ड यात्रा शीर्षक आलेखको संक्षेपीकृत सामग्री मैनाली आबद्ध रहेको पर्यटन क्षेत्रसँग सम्बन्धित एक अंग्रेजी भाषाको म्यागेजिनमा प्रकाशित भएको थियो । सोही सामग्री र पर्यटन पत्रकारिताका क्षेत्रमा मैनालीले पुर्याएको महत्वपूर्ण योगदानका आधारमा ‘टान’ ले उनलाई पुरस्कृत गरेको हो ।

स्थलगत अवलोकनका आधारमा तयार भएको अर्को बन्ने भयो ‘टान पर्यटन स्मृति पार्क’ काभ्रेको तिमालमा शीर्षक पर्यटनमैत्री आलेख सहित मैनालीका दर्जनौं आलेख न्युजकोसेलीमा प्रकाशित छन् । राष्ट्रका कार्यकारी प्रमुखबाट सम्मानित एवं पुरस्कृत हुन सफल सहकर्मी मैनालीलाई कोसेली मिडिया सपोर्ट प्रा.लि. एवं न्युजकोसेली परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर