newskoseli.Com

क्रिसमसको अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना

क्रिसमसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूण ईसाई धर्मावलम्बी नेपालीहरुलाई शुभकामना दिएकी छन् ।

राष्ट्रपति कार्यालयबाट सञ्चारमाध्यमलाई सम्प्रेषित शुभकामना सन्देशमा भनिएको छ– ‘ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भामव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न्र हाम्रो मुलुकमा मनाइने चाडपर्वहरुबाट सामाजिक एवम् पारिवारिक जमघट गराउने, मनोरञ्ज्न र खुशी  साटासाट गर्ने अवसर जुटाई सामाजिक एकता, सद्‍भाव एवम् धार्मिक सहिष्णुता कायम राख्नट महत्वपूर्ण योगदान हुने छ । यस्ता चाडपर्वको अवसरमा कायम हुने एकता तथा सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।

ईसाई धर्मावलम्बीहरुको यस पर्व मनाउनका लागि जसरी हामी एकताबद्ध भएर लाग्छौँ त्यसरी नै यस पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्ननत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर