newskoseli.Com

भरतमोहनको स्वास्थ्य सुधारोन्मूख

नेकपा (एमाले) का वयोवृद्ध नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मूख बन्दै गएको छ ।

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि उनी शुक्रबार राति बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका थिए ।

अधिकारीको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

पूर्वउपप्रधानमन्त्री अधिकारीको ठूलो आन्द्रामा सङ्क्रमण रहेकाले त्यसको उपचार भइरहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर