newskoseli.Com

प्रमुख दलको बैठक सुरु

संविधान संशोधनको प्रस्ताव दर्ता भएसँगै प्रमुख दलहरुबीच देखिएको मतभेद् र तिक्तता अन्त्य गर्न आयोजना गरिएको राजनीतिक दलको बैठक सुरु भएको छ ।

सभामुख ओनसरी घर्तीले आयोजना गरेकाे उक्त बैठक व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा केहीबेर अघि सुरु भएको हो ।

बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, र मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का शीर्ष नेताहरु सहभागी छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी छन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर