newskoseli.Com

सेप्टेम्बरमा व्यवस्थापिका संसद्को निर्वाचन हुने

जनवादी गणतन्त्र चीन अन्तर्गगतको विशेष प्रशासनिक क्षेत्र (एसएआर) – मकाओमा आगामी १७ सेप्टेम्बरका दिन छैठौं विधान सभाको निर्वाचन सम्पन्न गरिने भएको छ । मकाओ एसएआरका राजनीतिक कार्यकारी प्रमुख चुइ साइ ओङ्ले आज जारी गरेका एउटा प्रशासनिक आदेशमार्फत् उक्त संसदीय निवार्चनको मिति घोषणा भएको छ । मकाओ कार्यकारी प्रमुखको सो आदेश साेमबार प्रकाशित औपचारिक राजपत्रमा उल्लेख गरिएको छ ।

जनवादी गणतन्त्र चीनकै भू–भाग अन्तर्गत तिब्बत्, हङ्गकङ्ग, ताइवान र मकाउसमेत चारवटा ठूला विशेष प्रशासनिक क्षेत्र पर्छन् । त्यसमध्ये, प्राचीनकाल देखिनै तिब्बत् चीनकै मूलभूमिमा जोडिएको छ । यसलाई चीनको स्वायत्त क्षेत्र (अटोनोमस रिजन) पनि भनिने गरेको छ । हङ्गकङ्ग, ताइवान र मकाउ भने चीनकै द्विपक्षीय प्रदेशहरु छन । मकाउमा लागू भई आएको विद्यमान आधारभूत ऐनअनुसार नयाँ व्यवस्थापिका संसद्मा जम्मा तेत्तीस सिट छन् ।

यीमध्ये प्रत्यक्ष निर्वाचनद्वारा चौध सिट र अप्रत्यक्ष निर्वाचनद्वारा बाह्र सिटको पूर्ति हुने गर्छ । बाँकी सात सिट पूर्तिका लागि मकाओ कार्यकारी प्रमुखलाई मनोनयन गर्ने अधिकार प्रदान गरिएको हुन्छ । मकाओको जन प्रशासन तथा नागरिक सेवा केन्द्रद्वारा गत जनवरीमा प्रकाशित मतदाता नामावली दर्ता किताबमा  २०१६ को अन्त्यसम्मको गणना अनुसार ३ लाख ७ हजार २० जना बालिग मतदाताको नाम दर्ता रहेको उल्लेख भएको छ । यिनै मतदाताहरुले आगामी संसदीय निर्वाचनमा भाग लिने जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर