newskoseli.Com

वैद्य माओवादी फुट नजिक, बादल समुहको छुट्टै बैठक आज

मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी विभाजनको नजिक पुगेको छ । भोलि बोलाइएको केन्द्रीय समिति बैठकमा रणनीति तय गर्न महासचिव रामबहादुर थापा र अध्यक्ष वैद्य समुहका नेताहरु आज फरक फरक छलफल गर्दैछन् ।

वैद्य नेतृत्वका नेताहरु पार्टी एकता गर्ने विपक्षमा उभिएपछि थापा सहितका केही नेता एकीकृत नेकपा माओवादीमा फर्किने निश्चित भएको छ । त्यो सँगै एक हप्ताका लागि टरेको फुट फेरि नजिक आएको छ ।

एमाओवादीसँग पार्टी एकताबारे बहुमतले निर्णय गर्ने भन्दै थापा समूहले गएको मंगलबारदेखि केन्द्रीय समितिको बैठक बोलाएको थियो । तर, अध्यक्ष बैद्यले नै भोलि  बैठक बोलाएको र वार्ता भइरहेको भन्दै केन्द्रीय समिति बैठक स्थगित गरेर अनौपचारिक भेलामा परिणत भएको थियो ।

भोलिको केन्द्रीय समितिमा रणनीति तय गर्न थापा समुहले आज ललितपुरको कुपण्डोलमा बैठक बस्न लागेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर