newskoseli.Com

सवारी चलाउदा हाेसियार ! धेरै जरिवाना तिर्नु पर्ला

अाजदेखि लागु हुने गरि ट्राफिककाे नयाँ जरिवाना शुल्क कायम भएकाे छ । लापर्वाही गरि सवारी साधन चलाउदा पूरानाे जरिवानामा थाेरैमा रू २५ देखि बढिमा १ हजारसम्म कयम थियाे भने नयाँ जरिवाना शुल्कमा ५ सय देखि १ हजार ५ सयसम्म ताेकिएकाे छ । गृहमन्त्रीले नयाँ व्यवस्था तत्काल लागु नहुने भने पनि ट्राफिक प्रहरिले भने याे जसरी पनि अाजैदेखि लागु गर्ने बताएकाे छ ।लापरवाही गरेर सवारी चलाउदा निम्न बमाेजिम जरिवाना हुने व्यवस्था अाजदेखि लागु हुने जरिवाना नियममा ताेकिएकाे छ ।

५०० रूपैयाँका जरिवाना हुने कसुर
१. तोकिएको भन्दा बढी मालसामान राखेमा
२. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३. सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४. प्रयोजन बिपरीत सवारी चलाएको
५. हेल्मेट नलगाएको
६. सवारी आवागमनमा बाधा पुर्याएको
७. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८. छतमा यात्रु बोकेको वा राखेको

१००० रूपैयाँका जरिवाना हुने कसुर
१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२. सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएको
४. मादक पदार्थ सेवन गरी सवारी चलाएको
५. सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा

१५०० रूपैयाँसम्म जरिवाना हुने कसुरहरु
१. ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२. सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४. सडकमा गलत साइड तर्फबाट सवारी चलाएको
५. एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६. अवस्था ठीक नभएको सवारी चलाएको ।
७. निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८. राती बत्ती नबाली सवारी चलाएको ।
९. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१०. नम्बर प्लेट नराखी सवारी चलाएको ।
११. सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२. पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३. सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४. सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५. निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६. लापरवाहीका साथ सवारी चलाएको ।
१७. बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर