newskoseli.Com

दहीखोला बजारमा पहिरो, एकको मृत्यू , कर्णाली राजमार्ग अबरुद्ध

 

कालिकोट र दैलेखको सीमानामा पर्ने दहीखोला बजारमा शुक्रबार ५ बजे गएको पहिरोले एक महिलाको ज्यान जानुको साथै कर्णाली राजमार्ग अबरुद्ध भएको छ ।

पहिरोमा पुरिएर दैलेख पिपलकोट गाबिस ६ की गीता थापा मगरको मृत्यु भएकोछ भने एक जना सडकमा काम गर्ने मजदुर बेपत्ता भएका छन् । सडकमा काम गर्ने मजदुरको सनाखत हुन नसकेको दैलेख राकम प्रहरी चौकी इन्चार्ज अर्जुन बमले बताए ।

पहिरोमा पुरिएका थापाको आइतबार बिहान नेपाली सेनाको खुलालु हिल्सा सडक कार्यदल, जिल्ला प्रहरी कार्यालय कालिकोट र प्रहरी चौकी दैलेख राकमका प्रहरीले उद्दार गरेका थिए ।

शुक्रबार परेको अविरल वर्षापछि गएको पहिरोमा दुई ट्याक्टर, एक मोटरसाईकल पनि पुरिएका छन् । ६ वटा पसल पनि बगाएको छ ।

शुक्रबार बर्षापछि एक्कासी आएको पहिरो ठूलो क्षति गरेको दहीखोलामा लोकश अर्डर सप्लायर्स चलाएर बसेका जवासिंह सुनारले बताए । ‘एक्कासी पहिरो आयो ।’ उनले भने,–‘ठूलो धनजनको क्षति भएको छ ।’

पहिरो कालिकोटको सिमानादेखि दैलेखका घट्टेखोलासम्म ठाउँ ठाउँमा गएकाले सडक खुलाउन केही समय लाग्ने प्रहरी चौकी राकमका इन्चार्ज अर्जुन बमले बताए । ‘कर्णाली करिब ३ किलोमिटर सडक खण्डको ठाउँ ठाउँमा पहिरो गएको छ ।’ उनले भने,–‘धेरै ठाउँमा पहिरो गएकाले राजमार्ग खुल्न केही दिन लाग्न सक्छ ।’

पहिरो गएको दहीखोलामा सडक निर्माण कार्यमा संग्लन १ सय जना स्थानीयबासी गरि करिब २ सय जना रहेको र पहिरो आउदा सबै जना भाग्न सफल भएको नरबहादुर बस्नेतले बताए ।

बेलुका सडकमा मजदुरहरु काम गरिरहेको थिए ।’ उनले भने,–‘पहिरो आउँदा करिब २ सयजना भन्दा बढी यो बजारमा रहेका थिए ।’अबिरल बर्षाका कारणले कालिकोटमा टेलिफोन र मोवाईल सेवासमेत अबरुद्ध भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर