newskoseli.Com

क्रान्तिकारी माओवादी फुट्यो बैद्यलाई कार्वाही गरी बादल अध्यक्ष चुनिए

लामो तिक्ततापछि अन्ततः बैद्य माओवादी औपचारिक रुपमा फुटेको छ ।

अध्यक्ष मोहन वैद्यले जेठ १ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक स्थगित गरेपछि आक्रोशित भएका सो पार्टीका महासचिव रामबहादुर थापा बादलले शनिवार पार्टी एकताको पक्षमा रहेका आफ्नो पक्षको छुट्टै बैठक बोलाएर औपचारिक रुपमा पार्टी फुटाएका छन् ।

महासचिव बादलको समूहको यही बैठकले शनिबार एमाओवादीसँग औपचारिक निर्णय गर्दै पार्टीको अध्यक्षमा बादललाइ चयन  गरेको बताइएको छ । बैठकमा सहभागी बादल पक्षका एक केन्द्रीय सदस्यले आजै पार्टी एकताको औपचारिक निर्णय गरिएको जानकारी दिए ।

उनले भने, हामीले किरण कमरेडलाई अन्तिमसम्म पख्र्यौ । तर, उहाँले आजका लागि बोलाएको बैठक नै स्थगित गरेर उल्टो आरोप लगाउनुभयो त्यसैले  उहाँलाई  कारबाही  गरेर जानुको  विकल्प रहेन।

त्यसैले अब यस्तै अवस्थामा बसिरहनु र उहाँलाई फकाउनुको अर्थ देखिएन । त्यसैले अब हामीले समग्र माओवादीबीच एकता गर्नका लागि थालेको अभियानको पहिलो चरण स्थगित गर्ने निर्णय गर्दै एकता पक्षधरहरुको केन्द्रिय समिति बसेर एकतामा  जाने  निर्णय  गरेका हौ ।

बादल समूहको केन्द्रीय समितिको बैठक नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा बसिरहेको थियो । बादल पक्षले वैशाख २८ गते नै पार्टी एकताको निर्णय गर्ने तयारी गरे पनि अध्यक्ष मोहन वैद्यलाई मनाउन अन्तिम प्रयास गर्न भन्दै आजसम्मका लागि बैठक स्थगित गरेको थियो ।

वैद्यका महासचिव बादलको समूहसँगै यसपटक एमाओवादीसँग मातृका यादव, मणि थापा र जयपुरी घर्ती पनि एकतामा सहभागी हुने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर