newskoseli.Com

माअाेवादी एकतामा विप्लव माअाेवादीकाे अापत्ति

विभाजित पाँच माओवादीहरु एकता प्रक्रिया अगाडि बढाइरहेको बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भने आपत्ति जनाएको छ । माओवादीबीच हुने भनिएको एकता प्रक्रियामा पार्टीको तर्फबाट कोही पनि सभागी नहुने भन्दै माओवादीले विज्ञप्ती नै जारी गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले पार्टी एकताको क्रममा नाम जोडिएका व्यक्तिहरु एकिकृत जनक्रान्तिको कार्यदिशा र त्यसको स्पीडमा जिम्मेवारी वहन गर्न नसकी घरमा बसे पछि पार्टी केन्द्रीय समितिले सम्पूर्ण जिम्मेवारीबाट उहिले नै हटाई सकेको बताएका छन् ।

एकताको राग अलाप्ने तत्वहरु र हाम्रो पार्टीको प्रभाव एवं लोकप्रियताको वैशाखी टेकी आफ्नो पद प्राप्तिको सौदावाजी गर्न दुस्साहास गर्ने व्यक्तिहरुलाई पार्टी खवरदारी गर्दछ । पार्टीको दुरुपयोग तथा वदनाम गर्ने मुर्खता गरियो भने पार्टीले जो कसैलाई पनि छुट दिन नसक्ने कुरा समेत स्पष्ट गर्दछ,उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

राजनैतिक लासहरु बोकेर हाम्रो पार्टीका विरुद्ध प्रचारवाजी गरिएको विज्ञप्तीमा भनिएको छ ।

राष्ट्रियता माथिको हस्तक्षेप, राष्ट्रिय दलाली र आत्मसमर्पण, दलाल संसदीय व्यवस्था र त्यसले मौलाएको भ्रष्टाचार कमिशन र कालोबजारको डरलाग्दो खेल, राजश्व छली, सामाजिक असुरक्षा, अनियमितता र ढिलासुस्ती, राष्ट्रिय उद्योग धन्दा एवं व्यवसायीहरुको टाट पल्टाई र कहाली लाग्दो जनजीविका लगायत यावत समस्याका विरुद्ध पार्टीले जेष्ठ ७ गते वेपत्ता योद्धाहरुको स्मृति दिनलाई पारेर विशाल विरोध प्रदर्शन र जन सभा गर्ने बताएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर