newskoseli.Com

विद्यालयमा हवाई आक्रमण, ३३ को मृत्यु

सिरियाको उत्तरी क्षेत्रमा रहेको एउटा विद्यालयमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अमेरिकाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले मन्सुराको रक्वा सिटीमा रहेको विद्यालयमा हवाई आक्रमण गरेको अनुगमनकर्ताहरूले जनाएका छन् । हवाई आक्रमण भएको ठाउँ इस्लामिक स्टेट आईएस लडाकुहरूको वास्तविक राजधानी मानिन्छ ।

बेलायती सहयोग रहेको अनुगमनकर्ताहरूको समूह वाचडग ग्रुपले ३३ जनाको शव भेटिएको बुधबार जानकारी दिएको छ । रक्वा क्षेत्रमा संयुक्त सुरक्षा फौजले पछिल्लो केही समयदेखि आईएस लडाकु विरुद्धको हवाई आक्रमणलाई तिव्रता दिएको पनि वाचडगले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर