newskoseli.Com

राउटे तरकारीखेतीतर्फ आकर्षित

परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्यावसायिक रुपमै पोलिहाउसमा तरकारीखेती गर्न थालेका छन् ।

जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारीखेती गर्दै आए पनि उत्पादित तरकारीले बजार तथा उचित मूल्य नपाएको राउटेका मुखिया खड्कसिंह राउटेले बताए । आर्थिक तथा प्राविधिक सहयोग पाउन थालेपछि यहाँका राउटे गोलभेँडा, काक्रा, फर्सी, काउलीलगायत तरकारी उत्पादन गर्न थालेका छन् ।

तरकारीबाट आम्दानी हुन थालेपछि उनीहरु खुसी भएका छन् । तरकारीखेतीबाट मासिक  १० हजार रूपैंया सम्म आम्दानी हुन थालेको दानसिंह राउटेले बताए । उनले बन्दागोभी, काउली, आलु र अन्य बेमौसमी तरकारी लगाउनु भएको छ ।

जिल्ला कृषि विकास कार्यालयय र विभिन्न गैरसरकारी सङ्घसंस्थाले प्राविधिक सहयोग उपलब्ध गराएपछि राउटे समुदाय आजभोलि तरकारी बिक्री गरेर घरखर्च चलाउन थालेको छ । उनीहरुले रकम समेत बचत गर्न थालेका छन् । आमपानीमा राउटेको ३५ घरपरिवारको बसोबास रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर