newskoseli.Com

‘समाजवादी क्रान्तितिर अघि बढ्ने’

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरेर समाजवादी क्रान्तितिर अघि बढ्ने वस्तुगत परिस्थिति तयार पारिने बताएका छन् ।

चाइना रिफर्म फोरमको प्रतिनिधिमण्डलसँग  प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले अब नेपालमा आफ्नै मौलिकतासहितको समाजवाद निर्माण हुने बताएकाे उन्को सचिवालयले जनाएको छ ।

उन्ले  अति उग्र र अति दक्षिणपन्थी सोंचबाट कम्युनिस्ट आन्दोलनलाई बचाएर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिए  । माक्र्सवादीले अरु देशको नक्कल नभई आफ्नै देशको ठोस परिस्थितिको मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने बताउँदै अध्यक्ष दाहालले भने, “माक्र्सवादको अभ्यास गर्ने क्रममा केही मौलिक चिजको विकास हुने गर्दछ । हामी युद्ध र शान्ति प्रक्रियामा रहँदाका विभिन्न खाले अनुभव छन् ।”

भेटमा चाइना रिफर्म फोरमका सल्लाहकार समितिका अध्यक्ष लि जिङतानले पुँजीवाददेखि समाजवादमा प्रवेश गर्न आआफ्ना अनुभवबारे विचारविमर्श गर्नुपर्ने बताए  ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर