newskoseli.Com

आयोगको ‘गल्ती’ ले उम्मेदवारका बुबा र भाइकै मताधिकार खोसियो !

अर्जुनधारा नगरपालिका– ३, खुदुनावारीका ७२ वर्षीय युवनाथ पौडेल उम्मेदवार रहेका आफ्ना जेठा छोरालाई मतदान गर्नबाट वञ्चित भएका छन् ।

मतदाता नामावलीबाट नाम हटेका कारण उनी अाफ्नै उम्मेदवार छोरा कुलचन्द्रलाई मतदान गर्नबाट वञ्चित भएका हुन् । कुलचन्द्र अर्जुनधारा नगरपालिका– ३ मा नेपाली कांग्रेसबाट वडा सदस्यका उम्मेदवार छन् । युवनाथले २०७१ चैतमा चन्द्रगढीस्थित निर्वाचन कार्यालयमा गएर फोटो खिचाएका थिए तर फोटो खिचाएको रसिद बोकेर बुधबार मतदाता परिचयपत्र लिन जाँदा उनले आफ्नो नाम मतदाता नामावलीमा भेट्टाएन् ।

वर्षाैंदेखि मतदान गर्दै आएका यदुनाथ नामावलीबाट नाम हटेकोमा ज्यादै दुःखी भएका छन् । उनी पञ्चायतकालमा खुदुनाबारीको वडाध्यक्ष समेत भइसकेका हुन् । उनले आफ्नो दुःखेसो निर्वाचन अधिकृत राधाकृष्ण खतिवडालाई पोखे तर अधिकृत खतिवडाले मतदाता नामावलीमा नै नाम नभएपछि मतदान गर्न नमिल्ने कानुनी व्यवस्था भएको जानकारी गराए ।

“तपाईंले फोटो खिचाएको प्रमाण त छ, तर निर्वाचन आयोगको गल्तीका कारण मतदाता नामावलीमा नाम समावेश हुन सकेन,” निर्वाचन अधिकृत खतिवडाले युवनाथलाई सम्झाउँदै भने– “नामावलीमा नाम नभेटिएपछि मतदान गर्ने व्यवस्था मैले कसरी मिलाउने ?”

युवनाथका अर्का छोरा नेत्रप्रसादको पनि मतदाता नामावलीमा नाम भेटिएन । आयोगको त्रुटिका कारण जिल्लामा धेरै मतदाताको नाम नामावलीमा नभेटिएको गुनासो आउन थालेको छ । “नामावलीमा मेरो पनि नाम रहेनछ”– अर्जुनधारा नगरपालिका कार्यालय छेउमै घर भएकी छविमाया अधिकारीले भनिन्  । मतदाता परिचयपत्रका लागि गत वर्ष नगरपालिका कार्यालयमै गई फोटो खिचाएको उनले बताइन् ।

जिल्ला निर्वाचन अधिकृत गोपालप्रसाद आचार्यले मतदाता नामावलीबाट नाम हटेकोबारे आफूलाई कुनै पनि जानकारी नभएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर