newskoseli.Com

अमरनाथ गएका तीर्थयात्रीमाथि आक्रमणको निन्दा

भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा सोमबार भएको आतङ्कवादी आक्रमणको नेपाल सरकारले निन्दा गरेको छ ।

भारतको जम्मु कास्मिर राज्यको अनन्तनाग जिल्लामा भएको उक्त आक्रमणमा निर्दोष ७ यात्री मारिनुका साथै केही घाइते भएका छन् ।

सरकारले उक्त आक्रमणमा परी ज्यान गुमाएकाहरुका परिवारजनमा समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर