newskoseli.Com

रामेछाप जिल्ला– लाल किल्ला !

विगतदेखि नै कम्युनिस्टहरुको ‘किल्ला’ का रुपमा परिचित रहँदै आएको रामेछाप जिल्ला प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन २०७४ मा पनि ‘लाल किल्ला’ नै सावित भएको छ ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई स्थान रहेको रामेछापका तीनै सिटमा वाम गठबन्धन विजय हासिल गरेर वामपन्थीहरूले ‘लाल किल्ला’ को विरासत कायम राखेका हुन् ।

प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र) का युवानेता एवं गृहराज्यमन्त्रीबाट शेरबहादुर देउवाले विनाविभागीय बनाएका श्यामकुमार श्रेष्ठ ‘कुशल’ ४१ हजार ७ सय ९४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) ले ३५ हजार ७ सय ७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, प्रदेशसभा (क) मा नेकपा (एमाले) का जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल २२ हजार ३ सय ६९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रत्नबहादुर कार्कीले १६ हजार १ सय ५८ मत पाएका छन् ।

प्रदेशसभा (ख) मा पनि नेकपा (एमाले) कै कैलाशप्रसाद ढुंगेल २६ हजार ९ सय ३५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितबहादुर मगरले १४ हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर