राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी एवं नेपाली कांग्रेसकी उम्मेदवार किरण यादव महोत्तरी– २ बाट प्रतिनिधिसभामा पराजित भएकी छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले काङ्ग्रेस नेतृ किरण यादवलार्इ हराइदिएका हुन् । ३० हजार ७ सय २२ मत पाएर भण्डारी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ९ सय ७४ मत पाइन् ।
लामो समयसम्म नेपाली कांग्रेसकै प्रभावशाली नेता रहेका भण्डारी नेपाली कांग्रेस छाडेर मधेशवादी राजनीतिमा होमिएका हुन् । अहिले शरतसिंह राजपा अध्यक्ष मण्डलका एक प्रभावशाली सदस्य छन् ।