newskoseli.Com

हार्ने डर देखेपछि विजय गच्छदारद्वारा ‘पैसा’ को लफडा !

सदाबहादर शासकको उपाधि पाएका कांग्रेस नेता विजयकुमार गच्छदार सुनसरी– ३ बाट जित्ने सम्भावना कम हुँदै गएपछि मतगणनामा चर्को लफडा भएको छ ।

गच्छदारको एमाले उम्मेदवार भगवती चौधरीसँग कडा प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिस्पर्धी चौधरीले २७ हजार ७ सय १२ मत पाएकी छन् भने विजयकुमार गच्छदारले २७ हजार ४ सय ४१ मत मात्रै पाएका छन् ।

सो क्षेत्रमा अब झन्डै २० हजार मत गन्न बाँकी छ । मतपत्रमा २० रुपैयाँको नोट भेटिएपछि सुनसरी– ३ को मतगणना रोकिएको छ । कानुनतः मतपत्रमा पैसा भेटिएपछि त्यो मतपत्र बदर हुन्छ।

‘हामीले त्यो भोट हेर्दै नहेरी बदर गरेका छौं,’ सुनसरी– ३ को निर्वाचन कार्यालयका सूचना अधिकारी शशी राईले भने– ‘त्यही विषयमा केही राजनीतिक दलले विरोध गरेपछि एकछिन मतगणना रोकिएको छ, स्थगित भएको होइन।’

आफू हार्ने निश्चित देखिसकेपछि गच्छदारले ‘पैसाको लफडा’ निकालेर मतगणना गोलमाल पार्ने प्रयास गर्दै स्थितिलार्इ उत्तेजक बनाइरहेको आरोप वाम गठबन्धनका कार्यकर्ताहरूले लगाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर