newskoseli.Com

३ कांग्रेसको यो सकस : आशभन्दा त्रास बढी, कसले मार्ला बाजी ?

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

प्रत्यक्षतर्फको मतगणना बिट मार्ने बेला हुनै लाग्दा नेपाली राजनीतिका केही ‘हस्ती’ हरुलाई भने सास फेर्नै सकस पर्ने अवस्था आइलागेको छ ।

यतिबेलासम्मको परिणामअनुसार कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले २७ हजार ४ सय ४१ मत ल्याउँदा उनकी एमाले प्रतिस्पर्धी भगवती चौधरीले २७ हजार ७ सय १२ मत पाइसकेकी छन् ।

उता, कांग्रेसकै चर्चित उम्मेदवार रमेश लेखकले २१ हजार ९ सय २८ मत पाउँदा उनका प्रतिस्पर्धी दिपकप्रकाश भट्टले २१ हजार ९ सय ७५ मत पाइसकेका छन् ।

यस्तै, वर्तमान मन्त्री एवं कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठले ७ हजार ४ सय ९० मत पाउँदा उनकी प्रतिस्पर्धी एमालेकी पदमाकुमारी अर्यालले ८ हजार ६ सय ७९ मत पाइसकेकी छन् ।

मतगणनाको अन्तिम टुंगो के–कसरी लाग्ला, त्यसका निम्ति केही समय कुर्नुको विकल्प छैन । तर, थोरै मतान्तरसहित ‘हस्ती’ हरु पछि पर्ने र झिनो आशा पनि जीवितै रहने स्थितिले यो समय भने दुवै पक्षका निम्ति ज्यादै सकसपूर्ण बन्न पुगेको छ ।

अपडेटः

यसैबीच, सोमबार रातिसम्मको मतगणना अनुसार कञ्चनपुर– ३ मा कांग्रेका रमेश लेखक २ सय ५६ मतान्तरले पराजित भएका छन् ।

मतपरिणाम अनुसार वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एमाले) का दिपकप्रकाश भट्ट २६ हजार ३ सय ६४ मत पाएर विजयी भएका छन् । कांग्रेस उम्मेदवार लेखकले २६ हजार १ सय ६ मत पाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर