newskoseli.Com

समानुपातिक अपडेट : साढे २५ लाख गनिसक्दा कसको कति ?

मंगलबार बिहानसम्म प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ २५ लाख ४७ हजार ७ सय ६७ मतगणना भइसकेको छ । यति बेलासम्मको मतगणनामा नेकपा (एमाले) ले नै सबैभन्दा बढी मत पाएको छ भने एमालेलार्इ नेपाली कांग्रेसले पछ्याइरहेको छ ।

हालसम्मको परिणाम अनुसार एमालेले ९ लाख ३५ हजार २ मत पाएको छ भने कांग्रेसले ८ लाख ७७ हजार ७ सय ७० मत ल्याएको छ । कांग्रेसले एमालेभन्दा ५७ हजार ३ सय ३२ कम मत पाएको हो ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ३ लाख ८५ हजार ३ सय ६ मत पाएको छ । संघीय समाजवादी फोरम ६४ हजार ८६ मतसहित चौथो स्थानमा छ भने ५३ हजार २८ मतसहित विवेकशील साझा पाँचौं स्थानमा छ । विवेकशील साझाको २ प्रतिशत कटेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४८ हजार ३ सय ७६ मत पाएको छ । त्यसैगरी, राष्ट्रिय जनता पार्टीले ४२ हजार ४ सय ८४ मत पाएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले ३१ हजार ५५ मत पाएको छ ।

मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा १ करोड २२ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ । कुनै पार्टीबाट समानुपातिकतर्फ सांसद चुनिन सो पार्टीले कूल सदर मतको कम्तिमा ३ प्रतिशत पाउनुपर्ने कानुनी व्यवस्था छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर