newskoseli.Com

एक्साभेटर पुरिँदा सहचालक बेपत्ता

कालीगण्डकी कोरिडोरको सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगण्डकी नदीको भीरमा अड्किएर पुरिएको छ ।

पहिरोमा बझाङ जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सहचालक सुनिलकुमार सिंह पुरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पा जिल्लाका बगनासकाली गाउँपालिका– ६, यम्घामा कुटिडाँडा नजिकैको कालीगण्डकी कोरिडोरको सडक विस्तारका क्रममा एक्सकाभेटर पुरिएको हो ।

सहचालक सिंहले एक्सकाभेटर चलाइरहेकाले उनी माटोमा पुरिएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा सहचालकको चप्पल भेटिएको छ । चालक भने चिया पिउन बसेकाले दुर्घटनाबाट जोगिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर