newskoseli.Com

फूलमालाको व्यापार : तिहारमा हाहाकार, नेताका गलामा फालाफाल !

यसपालि दसैं–तिहार छिटो र मौसम ढिलो हुँदा तिहारका बेला बजारमा फूलको हाहाकार नै मच्चियो । तिहार सकिएको १५ दिनपछि भने फूलखेती गरिएका बारीभरि ढकमक्क फूल फुले । फूलखेती गर्ने किसानहरू चिन्तित बने ।

तर, तिहार सकिएको दुई महिना पछि भने तिहारको समयमा भन्दा झन्डै दोब्बर सयपत्री फूलको कारोबार बढ्यो । तिहारलगत्ततै चुनावी कार्यक्रम सुरू भएकाले उम्मेदवारलार्इ स्वागत–सम्मान गर्न गाउँदेखि सहरसम्म नै सयपत्री–गोदाबरी फूलको कारोबार ह्वात्तै बढेको हो ।

पुष्पव्यवसाय गर्नेहरूका लागि आम्दानीको राम्रो स्रोत बन्यो चुनावी मौसम । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अनुसार चुनावी मौसमको करिव १ महिनाका बीच २ करोड ५० लाखभन्दा बढी रकमको फूल तथा मालाको कारोबार भयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर