newskoseli.Com

ओली–प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्दै…

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार दिउँसो ३ बजे राजधानीस्थित अन्नपूर्ण होटलमा संयुक्त पत्रकार सम्मेलन गर्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आइसकेपछि ओली–प्रचण्डले पहिलो पटक संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् । निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको नतिजा आउने क्रम समेत अन्तिम चरणमा पुगेको छ ।

दुवै परिणामअनुसार वाम गठबन्धनले करिव २ तिहार्इ बहुमत ल्याएको छ । पत्रकार सम्मेलनमा पार्टी एकता संयोजन समितिमा रहेका दुवै पार्टीका शीर्ष नेताहरु समेत सहभागी हुने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर