newskoseli.Com

निर्वाचित ६ जना सबै नयाँ, ४६ उम्मेदवारको जमानत जफत

निर्वाचित सांसद सबै नयाँ

प्रतिनिधिसभा तथा प्रदेशसभामा काभ्रेपलाञ्चोकबाट निर्वाचित सांसद सबै नयाँ अनुहार हुन् । प्रतिनिधिसभा क्षेत्र नं. १ मा निर्वाचित गंगाबहादुर तामाङ दोङ, स्थानीय तहको निर्वाचनमा तेमाल गाउँपालिकामा पराजित भएका थिए । उनी नेकपा (माओवादी केन्द्र) को जिल्ला राजनीतिमा सक्रिय थिए । तामाङ यस पटक पहिलो चोटि संसद् छिर्दैछन् ।

प्रतिनिधिसभा क्षेत्र नं. २ मा निर्वाचित पूर्वपत्रकार गोकुल बाँस्कोटा संविधानसभा निर्वाचन– २०७० मा नेपाली कांग्रेसका कञ्चनचन्द्र वादेसँग पराजित भएका थिए । उनी नेकपा (एमाले) काभ्रेपलाञ्चोकका अध्यक्ष समेत रहिसकेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं. १ (क) बाट निर्वाचित रत्नप्रसाद ढकाल, प्रतिनिधिसभा क्षेत्र नं. १ (ख) बाट निर्वाचित चन्द्र लामा, प्रतिनिधिसभा क्षेत्र नं. २ (क) बाट निर्वाचित लक्ष्मण लम्साल, प्रतिनिधिसभा क्षेत्र नं. २ (ख) बाट निर्वाचित वसुन्धरा हुमागार्इं सबै नयाँ हुन् । काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ निर्वाचन क्षेत्र छन् ।

४६ उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन– २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं. १ (क) मा ५ जना, प्रतिनिधिसभा क्षेत्र नं. १ (ख) मा ८ जना, प्रतिनिधिसभा क्षेत्र नं. २ मा ९ जना, प्रतिनिधिसभा क्षेत्र नं. २ (क) मा ५ जना र प्रतिनिधिसभा क्षेत्र नं. २ (ख) मा ६ जनाको जमानत जफत भएको हो ।

देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा (माले), विवेकशील साझा पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाली जनता दल, राष्ट्रिय जनता पार्टी र स्वतन्त्रसहित विभिन्न साना राजनीतिक दलको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सदर मतको १० प्रतिशत मत नभए जमानत जफत हुने कानुनी प्रावधान रहेको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिए । प्रतिनिधिसभा क्षेत्र नं. १ मा स्वतन्त्रसहित १५ दल, प्रतिनिधिसभा क्षेत्र नं. १ (क) मा ७ जना, प्रतिनिधिसभा क्षेत्र नं. १ (ख) मा १० जना, प्रतिनिधिसभा क्षेत्र नं. २ मा ११ जना, प्रतिनिधिसभा क्षेत्र नं. २ (क) मा ७ जना र प्रतिनिधिसभा क्षेत्र नं. २ (ख) मा ८ जनाको उम्मेदवारी परेको थियो । दलका उम्मेदवारले प्रतिनिधिसभाका लागि १० हजार र प्रदेशसभाका लागि ५ हजार रूपैयाँ जमानत बुझाएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर