newskoseli.Com

माओवादीको केन्द्रीय कार्यालय बैठक : एकताको टुंगो लाग्ने ‘प्रबल सम्भावना’ !

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समसामियक राजनीतिक अवस्था, नयाँ सरकारको गठन, निर्वाचनमा प्राप्त मतपरिणामको समीक्षा र विशेषतः एमालेसँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठक सुरू भएको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार बैठक सोमबार दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ । एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको जानकारी प्रवक्ता भुसालले दिएकी छन् ।

अर्को एक उच्च स्रोतले न्युजकोसेलीलार्इ दिएको जानकारी अनुसार यसै बैठकले एमालेसँग पार्टी एकतालार्इ समेत ठोस रूपमा टुंग्याउने सम्भावना प्रबल छ । चुनावयता अनेकौं भित्री–बाहिरी चलखेल बढेको र एकता प्रक्रिया ढिलो हुँदा पार्टी एकता भाँडिन सक्ने भन्दै शीर्ष नेताहरूले तत्काल एकताको ठोस निर्णय लिर्इ पहल नगुमाउन जोड गरिरहेका छन् ।

चुनावबाट ताजा जनादेश प्राप्त भइसकेपछि समेत देउवा सरकारले नयाँ सरकार गठन गर्न मार्गप्रशस्त नगरिरहेको भन्दै यसबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि माओवादी बैठकमा छलफल हुने बताइएको छ । सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयको छलफलमा बैठक केन्द्रित बुझिएको छ ।

जनताले वाम गठबन्धनको पक्षमा विश्वाससहित अत्यधिक बहुमत प्रदान गरेको भन्दै पार्टी कार्यदिशा र मुलुकको राजनीतिक अवस्थाबारे नेतृत्वपंक्तिमा एकरूपतापूर्ण धारणा बनाउन बैठक बोलाइएको जानकारी माओवादी केन्द्रले दिएको छ । (तस्बिरः फाइल फोटो)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर