newskoseli.Com

समानुपातिकको अन्तिम परिणाम : ४९ दलमध्ये कसले कति पाए ? (मत र प्रतिशत)

समानुपातिक प्रणालीतर्फ भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ४९ राजनीतिक दलमध्ये सबैभन्दा धेरै ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएर नेकपा (एमाले) पहिलो दल बनेको छ । प्रतिशतका आधारमा एमालेले ३३ दशमलव २५ प्रतिशत मत पाएको छ ।

दोस्रो हैसियतको मत पाउने नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको छ । प्रतिशतका आधारमा कांग्रेसले ३२ दशमलव ७८ प्रतिशत मत पाएको छ ।

नेकपा (माओवादी केन्द्र) ले १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ । प्रतिशतका आधारमा माओवादी केन्द्रको मत १३ दशमलव ६६ प्रतिशत हुन्छ ।

राजपा नेपालले ४ लाख ७२ हजार २ सय ५४ मत पाएको छ । उसको मत ४ दशमलव ९५ प्रतिशत हुन आउँछ । संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २ सय १ मत पाएको छ । फोरमले पाएको मत ४ दशमलव ९३ प्रतिशत हो ।

बाँकी अरूले न्यूनतम ३ प्रतिशत (थ्रेसहोल्ड) कटाएर सिट पाउने गरी समानुपातिकतर्फको मत पाएनन् । विवेकशील साझाले २ लाख १२ हजार ३ सय ६६ मत पायो । यो संख्या २ दशमलव २२ प्रतिशत मात्र हुन्छ । राप्रपाले १ लाख ९२ हजार ७ सय ८६ मत पायो । यो मतसंख्या २ दशमलव ०६ प्रतिशत मात्र हुन्छ ।

राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३ सय ७७ मत पायो । यो मतसंख्या ० दशमलव ९३ प्रतिशत हुन्छ । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति पार्टीले ८१ हजार ८ सय ३७ पायो । यो पनि ० दशमलव ८६ प्रतिशत मात्र हुन्छ । राष्ट्रिय जनमोर्चाले ६२ हजार १ सय ३३ मत पायो, यो पनि ० दशमलव ६५ प्रतिशत मात्र हो ।

नेपाल मजदुर किसान पार्टीले ५६ हजार १ सय ४१ मत पायो, यो ० दशमलव ५९ प्रतिशत हो । नेकपा (माले) ले ४१ हजार २ सय ७० मत पायो, यो ० दशमलव ४३ प्रतिशत हो । नेपाल संघीय समाजवादी पार्टीले ३६ हजार १५ मत पायो, यो ० दशमलव ३८ प्रतिशत हो । राष्ट्रिय जनमुक्ति पार्टीले ३३ हजार ९१ मत पायो, यो ० दशमलव ३५ प्रतिशत हो । एकीकृत राष्ट्रिय प्रजातान्त्र राष्ट्रवादीले २८ हजार ८ सय ३५ मत पायो, यो ० दशमलव २३ प्रतिशत हो ।

नेपाली जनता दलले २२ हजार ४९ मत पायो, यो ० दशमलव २३ प्रतिशत हो । संघीय लोकतान्त्रिक पार्टीले २१ हजार ६ सय १० मत पायो, यो ० दशमलव २३ प्रतिशत हो । बहुजन शक्ति पार्टीले १५ हजार ४ सय ६८ मत पायो, यो ० दशमलव १६ प्रतिशत हो । मंगोल नेशनल अर्गनाइजेसनले १५ हजार १ सय १७ मत पायो, यो ० दशमलव १६ प्रतिशत हो ।

देशभक्त जनगणतान्त्रिक मोर्चाले १३ हजार ९ सय ४२ मत पायो, यो ० दशमलव १५ प्रतिशत हो । नेपाल जनता पार्टीले ९ हजार ३ सय १० मत पायो, यो ० दशमलव १ प्रतिशत हो । आमूल परिवर्तन पार्टीले ५ हजार १ सय ६१ मत पायो, यो ० दशमलव ०५ प्रतिशत हो । राष्ट्रिय मुक्ति आन्दोलनले ४ हजार २ सय ७५ मत पायो, यो ० दशमलव ०४ प्रतिशत हो ।

नेपाः राष्ट्रिय पार्टीले ३ हजार ४ सय ६० मत पायो, यो ० दशमलव ०४ प्रतिशत हो । नेपाल लोकतान्त्रिक जनता पार्टीले २ हजार ३ सय ८९ मत पायो, यो ० दशमलव ०३ प्रतिशत हो । चुरेभावर लोकतान्त्रिक पार्टीले २ हजार १ सय ७० मत पायो, यो ० दशमलव ०२ प्रतिशत हो । ग्रीन पार्टी नेपालले १ हजार ६ सय ८५ मत पायो, यो ० दशमलव ०२ प्रतिशत हो ।

तर, कतिपय दलले भने १ हजार ५ सय मत समेत नकटाएको निर्वाचन आयोगको रेकर्डमा देखिन्छ । १ हजार ५ सयभन्दा कम मत ल्याउने पार्टीहरूमा ऐतिहासिक प्रजातान्त्रिक पार्टी, जनप्रजातान्त्रिक पार्टी, जनसमाजवादी पार्टी, तामसालिङ लोकतान्त्रिक पार्टी, दलित मुस्लिम जनशक्ति पार्टी र देशभक्त लोकतान्त्रिक पार्टीलगायत छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर