बुधबार दिउँसो फेरि राजधानीमा गोली चलेको छ । राजधानीस्थित टोखामा गोली चलेको हो ।
टोखास्थित झोर महांकाल– १ मा बुधबार दिउँसो जंगलतिरबाट अज्ञात व्यक्तिले गोली चलाएको बताइएको छ । गोली लागेर दुर्गा चुँडाल नाम गरेकी महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते महिलाको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
गोली कसले र किन चलाएको हो भन्नेबारे विवरण आउन बाँकी नै छ ।