महाराजगञ्ज नगरपालिकामा साँढेको अक्रमणबाट वडा नं ३ का द्वारिका गुप्ताकी १३ वर्षीया छोरी जानकीको मृत्यु भएको छ ।
साँढेको आक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन् भने बगाहियाका सुसु भनिनेको ढाड भाँचिएकामा भारतको लखनौमा उपचार भइरहेको रामबलि यादवले बताएका छन् । आक्रमणबाट गौडहवामा पनि चार जना घाइते भएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जनाएको छ ।
साँढेले एक हप्तादेखि महाराजगञ्ज आसपासमा आतंक मच्चाएको जानकारी स्थानीयवासी बृजेश यादवले दिए । साँढेले बाटामा हिँडडुल गरेका जो–कोहीलाई पनि अक्रमण गर्ने गरेको छ ।
साँढेको आक्रमणबाट अहिलेसम्म १० भन्दा बढी स्थानीयवासी घाइते भएका छन् । नगरपालिकाले साँढे नियन्त्रण गर्न प्रहरी र पशुसेवा कार्यालयका कर्मचारीलगायतलाई परिचालन गरेको छ ।