भीमसेन गाउँपालिका– ८, बोर्लाङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ ।
श्रीमतीले चिर्पटले टाउकामा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको आरोप लगाइएको छ । पैंसठ्ठी वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घरझगडाका क्रममा चिर्पट हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताएका छन् । हीरादेवीले प्रहरीसमक्ष श्रीमानको हत्या अाफैंले गरेको स्वीकार गरिसकेकी छन् ।
“घरायसी झगडाका क्रममा चिर्पट प्रहारबाट केयरमानको हत्या भएको देखिन्छ”, प्रहरी उपरीक्षक अधिकारीले भने– “घटनाबारे अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको छ ।”