newskoseli.Com

प्रचण्डको नयाँ निवासमा शीर्ष नेताहरूको जमघट, महत्त्वपूर्ण निष्कर्ष आउने अपेक्षा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको खुमल्टारस्थित नयाँ निवासमा पहिलो पटक उच्च माओवादी नेताहरूको एकमुष्ठ जमघट भएको छ ।

नेकपा (एमाले) सँग हुने भनिएको पार्टी एकताबारे ठोस धारणा तय गर्नुका साथै नयाँ सरकार गठन र समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्न माओवादी केन्द्र केन्द्रीय कार्यलयको विस्तारित बैठक सुरू भएको एक शीर्ष नेताले न्युजकोसेलीलार्इ बताए ।

लामो समयदेखि पार्टी एकता संयोजक समितिको बैठक बस्न नसकिरहेका बेला बसेको माओवादी केन्द्रको बैठकलार्इ सर्वत्र अर्थपूर्ण रूपमा हेरिएको छ । एकातिर ५ वर्षसम्मका लागि प्रधानमन्त्री बन्न अध्यक्ष प्रचण्डलार्इ कांग्रेसले गरिरहेको ‘अफर’ र अर्कातिर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने, राष्ट्रपतिमा पनि विद्या भण्डारीलार्इ नै निरन्तरता दिइरहने अनि पार्टी अध्यक्ष समेत प्रचण्डलार्इ बन्न नदिने एमालेको जोडबलका कारण एमाले–माओवादी अध्यक्षबीच लम्बिइरहेको अनिर्णयको स्थितिबारे बैठकमा समीक्षा हुने भएको छ ।

यसै बैठकले नेकपा (एमाले) सँग पार्टी एकताको विषयमा ठोस धारणा तय गर्ने अपेक्षा धेरैले गरेका छन् । चुनावलगत्तै एमाले र माओवादबीच पार्टी एकता गरिहाल्ने भन्दै वाम गठबन्धनमा निर्णय भए पनि पार्टी र सरकार तथा राज्यसंयन्त्रमा शक्ति बाँडफाँटबारे सहमति जुट्न नसक्दा पार्टी एकता संयोजन समितिको समेत बैठक समेत बस्न नसकेको हो ।

माओवादी केन्द्रले एकीकृत पार्टीको नेतृत्व प्रचण्डलाई दिनुपर्ने र राष्ट्रपति वा संसदको सभामुखमध्ये एक पद माओवादीका तर्फबाट हुनुपर्ने अडान राखिरहेको छ भने एमाले यसमा तयार भएको छैन । अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका शीर्ष नेताहरूलार्इ यिनै विषयहरूबारे ब्रिफिङ गर्ने र सामूहिक निर्णय लिर्इ सोहीअनुरूप एमालेसँग तथा संयोजन समितिमा प्रस्तुत हुने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर