
राजधानीको कोटेश्वरबाट बहीबार २ पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
कोटेश्वरस्थित न्यु सुनकोसी गेस्ट हाउसबाट खोटाङका सुवास कार्की पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट २ थान पेस्तोल र ५ राउन्ड गोली बरामद गरेको प्रहरी स्रोतले बताएको छ ।
प्रहरी टोली अझै घटनास्थमै रहेकाले घटनाको पूर्ण विवरण आइनसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए ।