newskoseli.Com

माइनस ३ डिग्रीसम्म झर्ने, मौसमविद् भन्छन्ः चिसो अझै बढ्छ

न्यूनतम तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । शनिबारको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस छ । घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवन समेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने बताइएको छ ।

मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ । शनिबारर पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको छ । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ ।

काठमाडौंमा माइनस ३ डिग्रीसम्मकाे रेकर्ड

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रमको विगतको अवस्थालाई हेर्दा अहिलेसम्म माइनस ३ डिग्रीभन्दा तल झरेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार सन् १९९८ जनवरी ११ का दिन हालसम्मकै सबैभन्दा कम (न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री सेल्सियस) पुगेको थियो ।

अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ० दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो । विगतको अवस्थालाई हेर्दा यो पटक न्यूनतम तापक्रम अझै घट्ने मौसमविद् प्रधानाङ्गको भनाइ छ ।

महाशाखाका अनुसार काठमाडौंमा पुस २० गते न्यूनतम १ दशमलव ५ डिग्री सेल्सियस थियो भने शुक्रबार र शनिबार १ दशमलव ६ रह्याे । शनिबार सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा ७ दशमलव ७ डिग्री सेल्सियस छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर