भीएस (विनायकसुधा) निकेतनका संस्थापक प्रिन्सिपल एवं निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको निधन भएको छ ।
मुटुरोगबाट पीडित डा. पोखरेल अाइतबार बिहान ६ बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान ७ः१५ मा नर्भिक अस्पताल पुर्याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ ।
प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा. पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहेको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिए । उनी २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद बनेका थिए ।