newskoseli.Com

प्रचण्डको हवाई यात्रा समेत रद्ध, चिसो बढ्दा उडान अवरूद्ध,

एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् ।

शनिबार जिल्लाबाट काठमाडौं र पोखराको उडान समेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । भरतपुर विमानस्थलका अनुसार शुक्रबार चितवनमा ९ डिग्री तापक्रम थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम अाइतबार बिहान समेत ७ डिग्रीमै यथावत् थियो । अाइतबार १० बजेको तामक्रम भने १० डिग्री पुगेको विमानस्थलले जनाएको छ ।

गौतमका अनुसार तेर्साे दूरी कम्तिमा २ हजार ५ सय मिटर र ठाडो ४ सय ५० मिटर भिजिविलिटी भएमा मात्रै उडान गर्न मिल्छ । तर, अाइतबार १० बजे जम्मा १ हजार ५ सय मिटर तेर्सो र ३ सय मिटर ठाडो मात्रै भिजिविलिटी रहेको उनले बताए । शनिबारभन्दा आइतबार अलि राम्रो भिजिबिलिटी भएकाले अबेर उडान हुने आशा गौतमले व्यक्त गरे ।

भरतपुर विमानस्थलबाट बुद्ध, यति र सिम्रिकले उडान भर्दै आएका छन् । बुद्धले काठमाडौं–भरतपुर ६ देखि ७  वटासम्म उडान भर्छ । केही महिनादेखि बुद्धले पोखरामा समेत २ वटा उडान भर्दै आएको छ । सिम्रिकको चितवन–काठमाडौं एउटा मात्र उडान छ भने यतिका ४ वटा उडान हुन्छन् । भरतपुर विमानस्थलबाट दैनिक ५ सय यात्रु हवाई यात्रामा जाने गरेको विमानस्थलले जनाएको छ ।

बुद्धको आइतबार १२ बजेसम्म ५ वटा उडान भर्नुपर्ने थियो तर दिउँसाे १२ बजेसम्म एउटा पनि उडान भएन । शनिबारकै यात्रु उडाउन बाँकी । “अब दिउँसो विमान चल्छ कि भन्ने आश लागेको छ”, बुद्ध एयर चितवनका प्रबन्धक भक्तबहादुर बस्नेतले भने । उनका अनुसार हावा चलेर घाम लागे उडान हुन्छ ।

शनिबारदेखि चितवनमा घाम समेत लागेको छैन, वातावरण धुम्म छ । चिसाेका कारण उडान नहुँदा चितवनबाट काठमाडाैं जाने तयारीमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत शनिबारको हवाई यात्रा स्थगित गरेको उनका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए ।

चिसोका कारण मानिसको आवतजावत तथा हिँडडुलमा समेत कमी देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर