भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ ।
दुई पार्टीबीच एकता हुने घोषणा भएयता संयोजन समितिको यो दोस्रो बैठक हो । प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावपछिको भने संयोजन समितिको यो नै पहिलो बैठक हो ।
बैठकमा एमाले अध्यक्ष ओली तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् । दुई अध्यक्षका साथै एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल र ईश्वर पोखरेल तथा माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन् ।
दिउँसो ३ बजे बस्ने भनिएको संयोजन समितिको मंगलबारको बैठक ४ बजेपछि मात्रै सुरू भएको हो ।
र, यो पनि पढ्नुहोस्–
एकता घोषणाको सय दिनपछि दोस्रो बैठक : के–के छन् छलफलका बुँदा ?