newskoseli.Com

देउवाकै ‘पूर्वकार्यकर्ता’ हुन् गोपाल पराजुली र डा. गोविन्द केसी !

यतिबेला नेपाली राजनीति र सामाजिक विकासक्रममा निकै अनौठो र अचम्मको ऐतिहासिक संयोग जुटेको छ ।

हालका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विगतमा कांग्रेस भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सभापति हुँदा सोही कमिटीमा हालका प्रधान न्यायाधीश गोपाल पराजुली उपसभापति रहेछन् ।

यतिबेला सर्वोच्च अदालतमा प्रधान न्यायाधीश रहेका गोपाल पराजुली र चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै दर्जन पटकभन्दा बढी अनशन बसेर चर्चित बनेका डा. गोविन्द केसीबीच भीषण टकराव पैदा भएको छ । प्रधान न्यायाधीश पराजुलीले एसएलसी समेत उत्तीर्ण नगरेको, नेपाली नागरिकताका प्रमाणपत्र नै दुर्इ–दुर्इवटा बनाएको, जन्म मिति ढाँटेको, न्यायलार्इ किनबेच गरेकोजस्ता संगीन आरोप उनीमाथि डा. केसीले लगाइरहेका छन् ।

तर, अनौठो के छ भने शेरबहादुर देउवा सभापतित्वको त्यसबेलाको नेविसंघ केन्द्रीय समितिमा यिनै गोपाल पराजुली उपसभापति रहँदा डा. केसी भने केन्द्रीय सदस्य रहेछन् । यसरी यतिबेला चाहिँ त्यतिबेलाका नेविसंघ केन्द्रीय सभापति प्रधानमन्त्री, उपसभापति प्रधान न्यायाधीश र डा. गोविन्द केसी ‘आन्दोलनकारी’ का रुपमा त्रिपक्षीय भिडन्तमा उत्रनु इतिहासको एउटा रोचक संयोग हुन पुगेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर