newskoseli.Com

विद्युत् चोरीको आरोपमा छ जना पक्राउ

विद्युत् चोरीको आरोपमा ६ व्यक्ति पक्राउ परेका छन् ।

हुकिङ गरेर मुख्य तारबाट बिजुली चोरी घरमा बालेको आरोपमा दंङ्गिशरण गाउँपालिका– २ बस्ने ६० वर्षीय काभोलबहादुर विक, ४८ वर्षीय कुलबहादुर नेपाली, २७ वर्षीय सूर्यबहादुर चौधरी, १६ वर्षीय सुरज विक र ६३ वर्षीय पिमलाल नेपाली तथा बबई गाउँपालिका– ७ बस्ने ३० वर्षीय प्रकाश नेपालीलाई पक्राउ गरिएको जानकारी नेपाल विद्युत् प्राधिकरण तुलसीपुरका प्रमुख दीपक चौधरीले दिएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको सहयोगमा बिहीबार राति घरैबाट पक्राउ गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर