newskoseli.Com

‘तेज एन्ड करण इन्टरप्राइजेज’ का मालिक ठगीको आरोपमा कर्‍याप्प…

ठगी गरेको अभियोगमा अटोमोबाइल्स व्यवसायी तेजकरण जैनलाई प्रहरीले पक्राउ गरेको छ ।

राजधानीको त्रिपुरेश्वरमा लामो समयदेखि ‘तेज एण्ड करण इन्टरप्राइजेज’ सञ्चालन गर्दै आएका जैन ठगीकै अभियोगमा यसअघि पनि पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका हुन् ।

जैनलार्इ यस पटक बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका इन्स्पेक्टर अरुणकुमार भण्डारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार जैनले ऋषिराज शर्मासँग खरिद गरेको बा १२ च ९४९ नम्बरको ‘हुन्डाई आई १०’ गाडीको पैसा लामो समयसम्म नदिएर ठगी गरेका हुन् ।

गाडीको भुक्तानीवापत जैनले दिएको कृषि विकास बैंकको २० लाख ७५ हजार रूपैयाँको चेक बाउन्स भएपछि उनी पक्राउ परेका हुन् । ‘उनलाई बैंकिङ कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौं’– इन्सपेक्टर भण्डारीको भनाइ छ । पक्राउ परेसँगै गाडी लिएवापत बिक्रेतालार्इ दिएको अर्को ९ लाख ७५ हजारको चेक बाउन्स भएको थप उजुरी समेत उनीमाथि परेको छ ।

पुराना गाडी किनेर नयाँ बनाउने र व्यापक नाफा लिएर पुरानै गाडी बेच्ने समेत काम गर्दै आएका जैनको मुख्य पेशा रिकन्डिसन हाउस नै हो । आफ्ना अवैध र सर्वसाधारण ठग्ने धन्दाको संरक्षणका लागि जैनले प्रहरीका कतिपय उच्च अधिकारी र नेताहरु समेतलाई निःशुल्क गाडी दिने गरेको उनकै एक कर्मचारीले न्युजकोसेलीलार्इ बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर